नमस्तेमै अभिवादन गरौं

कसैसँग भेट्दा तपाईं विदेशीशैलीमा अभिवादन गर्न हात मिलाउनुहुन्छ ? हो भने अब यसको सट्टा नेपालीशैलीमा नमस्कार गनर्ुस्, नत्र स्वास्थ्यका दृष्टिले तपाइर्ं जोखिममा पर्न पनि सक्नुहुन्छ ।
मुलुकमा स्वाइनफ्लु देखिएपछि विशेषज्ञहरूले समेत हात मिलाउने प्रचलनको सट्टा नमस्ते गनर्ु धरै राम्रो हुने सुझाव दिएका छन् । किनभने सफाइ नभएको अवस्थामा हात मिलाउँदा स्वाइनफ्लुलगायत अन्य रोगहरूको समेत संक्रमणको सम्भावना बढी हुन्छ । 'इन्फ्लुएन्जा ए भाइरस एकबाट अर्को व्यक्तिमा सर्ने संक्रमणको स्रोत हात हुनसक्ने सम्भावना सबैभन्दा बढी छ,' इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले कान्तिपुरसँग भने, 'अभिवादनका क्रममा हात मिलाउनु वा अनुहारमा चुम्बन गनर्ुभन्दा नमस्ते नै सुरक्षित छ ।'

विज्ञहरूका अनुसार मेक्सिकोमा करिब ८१ दिनअघि पहिलो पटक स्वाइनफ्लु देखिएपछि विश्वमा हालसम्म भएका अनुसन्धानहरूमा यसको भाइरस मानिसका हातको माध्यमबाट समेत सरेको तथ्यहरू फेला परेका छन् ।

फ्लुमात्र नभई अन्य भाइरल रोगहरू पनि हात मिलाउँदा फैलिन सक्ने उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय, इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका निर्देशक डा. मानसकुमार बनर्जी भन्छन्, 'पानीजन्य र खाद्यजन्य भाइरल रोग हात मिलाउँदा फैलिने भएकाले परम्परागत नमस्ते स्वास्थ्यको दृष्टिले धेरै राम्रो छ ।' डा. बनर्जीका अनुसार कहिलेकाहीं ब्याक्टेरियल झाडापखाला र हेपाटाइटिससमेत हातको सम्पर्कले फैलिने गरेको छ ।

तर अभिवादन जे भए पनि स्वास्थ्यका लागि हात र पूरै शरीर सफा राख्नु अति जरुरी भएको उनी औंल्याउँछन् । इन्फ्लुएन्जाको भाइरस कडा सतहमा दुई दिनसम्म जीवित रहन्छ ।

'नमस्ते सजिलो र आदरभाव दर्शाउने अभिवादन हो,' एकबाट अर्कोमा संक्रमण रोक्न नेपालको परिप्रेक्ष्यमा अभिवादनको यो तरिका सबैभन्दा बढी प्रभावकारी रहेको उल्लेख गर्दै डा. बनर्जी भन्छन्, 'काम गरिरहेका बेला हात जोड्न नमिल्ने भए नमस्ते मात्र भनिदिए पनि अभिवादन भइहाल्छ

sourse kantipur daily

Post a Comment

0 Comments